माछा कसरी पकाउने ?-Sutra News

माछा कसरी पकाउने ?

मंगलबार, २२ भाद्र २०७८

मंगलबार, २२ भाद्र २०७८

सामग्री



सालमोन माछा १ सय ६० ग्राम (४ टुक्रा), ब्रेडकम ५० ग्राम, मसिनो गरी काटिएको धनियाँ १ ठूलो चम्चा, जिराको धूलो १ सानो चम्चा, बेसारको धूलो आधा सानो चम्चा, नुन स्वादअनुसार, अदुवाको पेस्ट १ सानो चम्चा, लसुनको पेस्ट १ सानो चम्चा, कागतीको रस १ ठूलो चम्चा, गोलभेंडा र धनियाँको अचारका लागि सनफ्लावर तेल ५० मिलिलिटर, हरियो खुर्सानी २ वटा, कागतीको रस १ ठूलो चम्चा, मसिनो गरी काटिएको धनियाँ २ ठूलो चुम्चा, पाकेको गोलभेंडा ४ वटा, नुन स्वादअनुसार ।

विधि

गोलभेंडा, हरियो खुर्सानी ओवन अथवा चुल्होमा पोल्ने अनि सिलौटोमा गोलभेडा, खुर्सानी, जिरा, धनियाँ, तेल, कागती रस, लसुन र नुनका साथ मसिनो हुने गरी पिस्ने ।

सालमोनमा कागती रस तथा नुन हाली हल्का मोल्ने । एउटा भाँडामा ब्रेडकम, धनियाँ, जिरा तथा अदुवा मिसाउने र त्यसमा तयारी माछा मोल्ने ।

माछालाई ट्रेमा हाली ओभनमा १ सय ८० डिग्रीको तापक्रममा १० देखि १२ मिनेट पकाउने । तयारी माछा अचारसँग सर्भ गर्ने ।

fisha.jpg

माछाको सेवनले

-रक्तचाप एवं डिप्रेसन कम गर्छ ।

-मस्तिष्क स्वस्थ बनाउँछ ।

-हड्डी एवं छाला मजबुत बनाउँछ ।

-मुटुसम्बन्धी रोगबाट जोगाउँछ ।

-मुख, खाना नली तथा छातीमा हुन सक्ने क्यान्सर कम गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट