घरमै चना र धनियाँको बारा यसरी बनाउनुहोस्-Sutra News

घरमै चना र धनियाँको बारा यसरी बनाउनुहोस्

मंगलबार, २२ भाद्र २०७८

मंगलबार, २२ भाद्र २०७८

सामग्री



सेतो चना ३ सय ग्राम, पिसेको सेतो चना ३ सय ग्राम धनियाँ आधा मुठा, जिराको धूलो १ सानो चम्चा, मैदा २ ठूलो चम्चा, नुन-मरिच स्वादअनुसार, अदुवाको पेस्ट १ सानो चम्चा, लसुनको पेस्ट १ सानो चम्चा, कागतीको रस १ ठूलो चम्चा, सनफ्लावर तेल ५० मिलिलिटर ।

विधि

सेतो चनालाई केलाएर रातभरि भिजाउने । चिसो पानीमा राम्रोसँग पखाली अलिकति नुन, तेल र पानी हाली नपाकेसम्म उमाल्ने ।

चिसो बनाएर आधालाई पिसेर, आधा सिंगो चनालाई एउटा सलाद बउल (भाँडो) मा राख्ने र मसिनो गरी काटिएको धनियाँ, जिरा, मैदा, नुन, मरिच, अदुवा, लसुन र कागतीको रस हाली राम्रोसँग मोल्ने ।

एउटा तावामा तेल तताएर बाराको मिक्स स-साना बल बनाएर तावामा राखी माथिबाट हल्का थिचेर गोलो आकार दिने अनि दुवैतिर खैरो हुने गरी कम तापमा पकाएपछि चटपटे चनाको बारा तयार हुन्छ ।

चनाको सेवनले

-मोटोपन घटाउन सहयोग पुर्‍याउँछ ।

-कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ ।

-शक्ति सन्तुलन हुन्छ । मस्तिष्क एवं रगत स्वस्थ बनाउँछ ।

-मुटु रोग तथा स्ट्रोक्सबाट जोगाउँछ ।

-ब्रेस्ट क्यान्सर कम गर्न सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट