शुक्रकीटलाई ५५ वर्षसम्म शीतभण्डारण गर्न सकिने-Sutra News

शुक्रकीटलाई ५५ वर्षसम्म शीतभण्डारण गर्न सकिने

मंगलबार, २२ भाद्र २०७८

मंगलबार, २२ भाद्र २०७८

लण्डन- बेलायतमा मानिसको डिम्ब, शुक्रकीट र भ्रुणलाई ५५ वर्षसम्म शीतभण्डारण गर्न सकिने कानुन ल्याइने भएको छ । दश वर्षसम्म भण्डारण गर्न मिल्ने विद्यमान कानूनलाई सरकारले संशोधन गर्न लागेको हो ।



नयाँ कानुनले सर्वसाधारणलाइ आफ्नो परिवार कहिले सुरु गर्ने भन्ने विकल्प दिनेछ । कानुनलाई संसदले अनुमोदन गर्नुपर्छ । नयाँ व्यवस्थाअनुसार भावी आमाबुवाले शुक्रकीट र भ्रुण भण्डारण गरेको १० वर्ष पूरा भएपछि प्रजनन प्रक्रिया अघि बढाउने वा भण्डारण गरिएका कोषहरू नष्ट गर्ने  निर्णय गर्नुपर्छ ।

डिम्ब, शुक्रकीट र भ्रुणको  शीतभण्डारण गर्न एउटा आधुनिक चिस्यान पद्धति विकास गरिएको छ । जसअनुसार डिम्बको संरचना नबिगारी लामो समय सुरक्षित राख्न  सकिनेछ । प्रस्तावित नयाँ कानूनले मानिसलाई सन्तान जन्माउन हतार गर्ने विद्यमान संस्कार अन्तय गर्ने स्वास्थ्यमन्त्री साजिद जाबिदले भने ।

‘अब मानिसमा प्रजनन स्वतन्त्रता हुनेछ ।’ मन्त्री जाबिदले भने । त्यस्तै, ब्रिटिश फर्टिलिटी सोसाइटीका अध्यक्ष डा.राज माथुरले नयाँ प्रस्तावको योजनाको स्वागत गरेका छन् । विज्ञहरुका अनुसार चाँडो डिम्ब शीतभण्डारण गर्ने महिलामा कृत्रिम गर्भाधान सफल हुन्छ ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट