काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एकीकृत समाजवादी) खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सुनुवाइ हुने अदालत स्रोतले जनाएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एकीकृत समाजवादी) को दर्ता अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गैरकानुनी रूपमा एमाले विभाजन गरेर नेकपा(एकीकृत समाजवादी) लाई मान्यता दिइएको भन्दै रिटमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ ।
एमालेमा विवाद बढ्दै गएपछि वरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेश प्रयोग गर्दै नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका थिए ।