काठमाडौँ । अभिनेता पुष्प खड्काले अभिनय गरेको चौधरी भाषाको म्युजिक भिडियो सार्वजिक भएको छ । ‘माया मोहनी’ बोलको भिडियोमा पुष्पलाई गीता ढुंगानाले साथ दिएकी छन् ।
गीतमा मुनाल महतो र अनु चौधरीको स्वर रहेको छ । त्यस्तै गीतमा सुवेश कठरियाको शब्द तथा मनोज महतोको संगीत रहेको छ । गीतको एरेन्ज गणेश चौधरीले गरेका हुन् ।
उक्त गीतलाई सुरजदेव कुसुम्यले निर्देशन गरेका छन् त्यस्तै कुम नारायणले निर्माण गरेका हुन् ।