काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार बस्ने संसद बैठकलाई मध्यनजर गर्दै बैठक बोलाइएको एक नेताले सूत्रन्यूजलाई जानकारी दिए ।
बैठक बुधबार बिहान ९ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा संसदमा पार्टीका तर्फबाट उठाउने एजेण्डाका बारेमा छलफल हुनेछ ।
यता नेपाली काँग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ । काँग्रेसको बैठक आजै अपराह्न बस्नेछ ।
संसद बैठक भोलि बुधबारका लागि बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि पछिल्लो समय सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुबीचको सम्बन्ध खासै राम्रो छैन ।
सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध चिसो हुँदै गइरहेका बेलामा बोलाइएको बैठकलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।