प्रदेश २ का दर्जनौँ चिकित्सक जसपा प्रवेश- अध्यक्ष उपेन्द्र यादवले गरे स्वागत-Sutra News

प्रदेश २ का दर्जनौँ चिकित्सक जसपा प्रवेश- अध्यक्ष उपेन्द्र यादवले गरे स्वागत

मंगलबार, २२ भाद्र २०७८

मंगलबार, २२ भाद्र २०७८

प्रदेश २ का दर्जनौं चिकित्सक जनता समाजवादीमा प्रवेश जनकपुरधाम २२, भाद्र । धनुषामा झन्डै दर्जनभन्दा बढी चिकित्सकहरु उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।



मंगलबार जनकपुरमा आयोजित एक कार्यक्रममा उनीहरु जसपामा प्रवेश गरेका हुन् । उनीहरुलाई अध्यक्ष यादवले फूलमालासहित पार्टीमा स्वागत गरेका थिए ।  

प्रवेश गर्नेहरुमा बालरोग विशेषज्ञ डा. कर्मेन्द्र यादव, डा. दिपु यादव, डा. सिदेश यादव, रेडियोलोजिष्ट डा. अरुण कुमार गोइत, अर्थोपेडिक डा. रितेश कुमार, डेनटिष्ट डा. निमु यादव, डेनटिष्ट डा. ललिता यादव, डेनटिष्ट डा. बिनिता अधिकारी लगायत रहेका छन् ।  

कार्यक्रममा बोल्दै जसपा अध्यक्ष यादवले राजनीतिकमा बौद्धिक व्यक्तिको आगमनले विधिको शासन कायम हुने तर्क बताए । उनले भने, ‘बौद्धिक वर्ग सक्रिय हुँदा राजनीतिमा शासन हुन्छ, तर मुर्खहरुको जमातले राजनीतिमा कुशासनले प्रसय पाऊँछ ।’

पेशासँगै राजनीतिलाई अगाडी बढाउन अध्यक्ष यादवले नवप्रवेशी डाक्टरहरुलाई शुभकामना ज्ञापनसमेत गरेका थिए ।

जसपा नेपाल धनुषा जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य डा. रिना यादव, चमेली देवी दास, प्रादेशिक अस्पताल जनकपुरका मेसु डा. प्रमोद यादव, बौद्धिक पेशाकर्मी महासंघका धनुषा अध्यक्ष ब्रजकिशोर यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट