काठमाडौं । साओमीले रेड्मी सिरिजमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार ६ हजार एमएएच क्षमताको ब्याट्रीसहित रेड्मी १० प्राइम सार्वजनिक गरेको हो ।
पूर्ववर्ति रेड्मी ९ प्राइमको तुलनामा उल्लेख्य अपग्रेडसहित यो फोन सार्वजनिक भएको कम्पनीले जनाएको छ । यसमा पञ्च होल डिस्प्ले डिजाइन, ५० मेगापिक्सेलको मुख्य सेन्सरसहित ट्रिपल रियर क्यामेरा, मिडियाटेक हेलियो जी८८ चिपसेट लगायतका विशेषता छन् ।
त्यस्तै फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ६.५ इन्चको फुल एचडी प्लस डिस्प्ले छ भने स्क्रिन प्राेटेक्सनका लागि काेर्निङ गाेरिल्ला थ्री छ ।
यो फोन हाल भारतीय बजारमा सार्वजनिक भएको छ । चाँडै नै नेपालमा पनि यो मोडल उपलब्ध हुने अनुमान गरिएको छ ।
भारतमा ४ जीबी र्याम र ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य १२,४९९ भारू तोकिएको छ भने ६ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य १४,४९९ भारू तोकिएको छ ।
साथै कम्पनीले फोनमा भर्चुअल रूपमा २ जीबी र्याम थप्न मिल्ने सुविधा दिएको छ । टेकपाना