अर्थमन्त्रीको फोनले गरेन काम- शेयर बजारमा भीषण पहिरो कायमै-Sutra News

अर्थमन्त्रीको फोनले गरेन काम- शेयर बजारमा भीषण पहिरो कायमै

मंगलबार, २२ भाद्र २०७८

मंगलबार, २२ भाद्र २०७८

काठमाडौं । हप्ताको तेस्रो दिन आज मंगलबार शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । आज नेप्से ४४ दशमलव १८ अंकले घटेर नेप्से परिसूचक २ हजार ९३६ दशमलव ६० विन्दुमा झरेको छ । हिजो सोमबार भने १६१ दशमलव ९४ अंक बढेर २ हजार ९८० दशमलव ७८ विन्दुमा पुगेको थियो ।



मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । हिजो सोमबार ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार बराबरको १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर कारोबार भएकोमा आज मंगलवार रू. ७ अर्ब ४९ करोड ५८ लाख १२ हजारमा खुम्चिएको छ ।

पछिल्लो समय मार्जिन कर्जाको सीमा विवादमा बजारमा उच्च उतारचढाब देखिएको छ । शेयर बजारमा गिरावट आएको भन्दै लगानीकर्ताहरुले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा समेत माग गरिएको थियो ।

त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई भेटेर शेयर बजारमा भएको अवस्थाबारे असन्तुष्टिसमेत जनाएका थिए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट