अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा जे. सुमर बिहिबार नेपाल आउने भएकी छन् । नेपालका नेताहरुमा एमसीसीको विषयलाई लिएर मत बाझिएका बेलामा फतिमा नेपाल आउन लागेकी हुन् ।
एमसीसी सम्झौतामा संसदबाट पारित गर्नुपर्ने बुँदा छ । सांसदहरु भने एमसीसीको केही बुंदा संशोधन गरेर मात्र पास गर्नुपर्छ भन्ने अडानमा रहेका छन् ।
नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन् ।
उपाध्यक्ष फतिमाको पर्सिबाट हुने नेपाल भ्रमणलाई विज्ञहरुले निकै महत्वपूर्ण तरिकाले हेरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायत शिर्ष नेताहरुसँग भेट्ने बताइएको छ ।
त्यस्तै उनले उनले एमसीसी हेडक्वाटरमा विशेष गरी गरीबी निवारणका लागि लक्षित परियोजनाहरुको सुपरीवेक्षण गर्ने भएकी छन् ।