काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध आन्दोलन घोषणा गरेको छ । उक्त समूहले भदौ २८ गते काठमाडौंमा बृहत सभासहित आन्दोलनको घोषणा गरेको हो ।
विप्लव समूहले बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते एसीसी सम्झौता जलाउने र २७ गते सिट्ठी जुलुस गर्ने कार्यक्रम राखेको छ ।
सरकारले एमसीसी सम्झौता अनुमोदन गर्ने तयारी गरेको भन्दै अहिले देशव्यापी रुपमा आन्दोलनको घोषणा भएको छ ।
एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनकै नेताहरुबीच विवाद उत्पन्न भएको छ । आजै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनैपनि हालतमा एमसीसी पास नहुने बताएका थिए ।
यस्तै एमसीसीका बारेमा नेपालको रणनीति बुझ्नका लागि उपाध्यक्ष फातिमा नेपाल भ्रमणमा आउने भएकी छन् । उनी बिहीबार नेपाल भ्रमणमा आउने पक्का भएको छ ।