कस्तो किसिमको दर खाने भन्ने कुराले स्वास्थ्यमा प्रभाव पारेको हुन्छ । शरीरले धान्नै नसक्ने गरी धेरै खाँदा झाडापखाला, पेट ढुस्स हुने, फूल्ने, ढ्याउ आउने, ग्याँस भरिने जस्ता समस्याहरु देखा पर्दछ । त्यसैले ठिक्क आफ्नो शरीरको पाचन क्षमता हेरेर खानुपर्छ ।
दरमा के खाने के नखाने ?
-वर्खायाम भएकोले बजारका खानेकुरा तथा सागसब्जीमा फोहोर हुनसक्छ । राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्रै खाने ।
-सकेसम्म बजारबाट भन्दा घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्छ ।
-दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ । तर मरमसला हालेर पकाइएको यस्ता चिज नखानू जाति हुन्छ ।
-तेलमा तारेको खानेकुरा नखान सुझाव छ ।
-नुन धेरै सेवन गर्दा पानी तिर्खा लाग्ने भएकोले निर्जल व्रत बस्नेलाई समस्या हुन्छ ।
-व्रतको बेला नाचगानका धेरै शक्ति खेर फाल्नु पनि अनुपयुक्त हुन्छ ।
-दरको नाममा मादक पदार्थ सेवन गर्नु हुँदैन ।
-पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ ।
-फलफूल तथा अन्नबाट बनेका परिकार समावेश गर्दा राम्रो हुन्छ ।
-बिरामीले सकेसम्म व्रत नगर्दा राम्रो गरिहालेको खण्डमा निराहार व्रत गर्नु स्वास्थ्यका दृष्किोणले राम्रो हुन्न ।
-चामल (आवश्यकताअनुसार, परिवार सदस्यको आधारमा निर्धारण गर्नुहोस्)
-दूध (आवश्यकताअनुसार, चामलको मात्रा हेरेर, लगभग आधा केजी चामलबराबर ३ लि.)
-घ्यू (तयार गरिएको चामल भुट्न पुग्नेगरी)
-मरमसला (नरिवल, काजु, बदाम, छोकडा, ल्वाङ, सुकमेल, मरिच, जाइदानो (जाईफल) को धुलो)
-चिनी (आवश्यकता र स्वादअनुसार)
-कराई (उपलब्ध भएसम्म किटको नत्र अलि बाक्लो पिँध भएको ठूलो कराई)
-काक्रोको अचार
-आलु र करेला तथा बोडीको तरकारी
पकाउने तरिका
-कराई राम्रोसँग तताउनुहोस् ।
-तातेको कराईमा घ्यू राख्नुहोस् ।
-घ्यू राम्रोसँग ततेपछि चामल राख्नुहोस् ।
-सानो आगो पारेर चामललाई राम्ररी खैरो हुने गरी भुट्नुहोस् ।
-चामल खैरो भइसकेपछि घ्यूबाट छुट्याएर कुनै भाँडामा खन्याउनुहोस्, चामल डढ्न नदिनुहोस्, कराईलाई आगोबाट निकाल्नुहोस् र सेलाउन दिनुहोस् ।
-यो समयमा आवश्यक मरमसला तयार गर्नुहोस् । स्वादअनुसार नरिवल, काजु, बदाम, छोकडालाई कोरेसोमा कोरेर वा मसिनो गरी काटेर तयार गर्ने । ल्वाङ, सुकमेल, मरिच, जाइदानो (जाईफल) लाई भने पिसेर धुलो बनाउने ।
-निकालेको चामल सेलाई सकेपछि पुन कराईमा राखेर आगोमा बसाउने ।
-अब दूध आवश्यकताअनुसार राख्ने र राम्रोसँग चलाई रहने ।
-दूध सुक्न लागेपछि चिनी राख्ने र राम्रोसँग चलाउने । (चिनीलाई दूध सुक्न नपाई कहिलेपनि नहाल्नुहोस् यसो गर्दा चामल डढ्छ)
-अब तयार गरेको मरमसला सबैतिर पुग्नेगरी माथिबाट छर्नुहोस् र राम्रोसँग चलाउनुहोस् ।
-दूध राम्रोसँग सुकिसकेपछि कराईलाई आगोबाट निकाल्नुहोस् । केहीबेर सेलाउन दिनुहोस् तर नछोप्नुहोस् ।
-अब दर तयार भयो आवश्यकता र उपलब्धताअनुसार तरकारी र अचार राखेर खानुहोस् ।