कमेडी च्याम्पियनकी जज ऋचालाई पुत्रलाभ-Sutra News

कमेडी च्याम्पियनकी जज ऋचालाई पुत्रलाभ

बुधबार, २३ भाद्र २०७८

बुधबार, २३ भाद्र २०७८

काठमाडौँ । कमेडी च्याम्पियनकी जज ऋचा शर्मालाई पुत्रलाभ भएको छ । उनले छोरा जन्माएको कमेडी च्याम्पियनको फेसबूक पेजमार्फत जानकारी दिइएको छ ।



गत साल बिहे गरेकी शर्मा कमेडी च्याम्पीयनको दुवै सिजनको जज रहेकी छन् । केही दिनअघि मात्र उनले ‘शो’बाट बिदा लिएकी थिइन् ।

काठमाडौं थापाथलीस्ठित नर्भिक अपरेसनपछि उनले छोरा जन्माएकी हुन् । अस्पतालले ऋचा र उनको छोरा दुवैको स्वास्थ्य स्थिति सामान्य रहेको बताएको छ । ऋचाले गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन्। richa chhoree .png

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट