एमसीसीको विषयले चिसिँदै देउवा- प्रचण्ड सम्बन्ध, गठबन्धन फुट्ने डर-Sutra News

एमसीसीको विषयले चिसिँदै देउवा- प्रचण्ड सम्बन्ध, गठबन्धन फुट्ने डर

बुधबार, २३ भाद्र २०७८

बुधबार, २३ भाद्र २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा राजनीतिकरण गर्न खोजिएको बताएका छन् ।  



मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा देउवाले एमसीसीका बारेमा भ्रम सिर्जना गर्न र राजनीतिकरण गर्न खोजिएको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले नेपालको बिकासका लागि एमसीसी एकाएक आएको बिषय नभएको र कानूनी प्रक्रिया पुरा गरेर सरकारले प्राप्त गरेको अनुदान भएको बताएको कांग्रेस सचेतक पुष्पा भुसालले बताएकि छन् । नेता देउवाले अघिल्ला सरकारहरुले पनि कानुन बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताउनुभएको भुषालले जानकारी दिइन् । एसीसीका बारेमा अन्य दलसंगपनि छलफल र सम्बाद गरिने भूसालले जानकारी दिएकी छन् ।

बैठकमा देउवाले संसद बैठकमा सशक्त भूमिका निर्वाह गर्न र अनिवार्य उपस्थीत हुन निर्देशन दिएका छन् । त्यस्तै कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद बैठकमा अध्यादेश पेश गर्ने जानकारी दिएका थिए । राजनीतिक दलसम्बन्धी अध्यादेश बुधबार नै सदनमा पेश गर्ने र अन्य अध्यादेशलाई पनि क्रमश पेश गर्ने कांग्रेस सचेतक भुसालले बताइन् ।

तर यता माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने कुनै पनि हालतमा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने बताएका छन् । मंगलबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले एमसीसी पास गर्न नहुने बताएका हुन् ।

गठबन्धनका नेताहरुकै बीचमा यो विषय विवादमा परेपछि सत्ता गठबन्धनलाई यसले नराम्रो गर्ने नेताहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट