काठमाडौँ । नेकपा एमालेकी सांसद तथा पूर्वसभामुखसमेत रहेकी वमाया तुम्बाहाङ्फेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका गैरकानुनी भएको बताएकी छन् ।
एमाले संसदीय दलको बैठकमा बोल्दै उनले सभामुख सापकोटाको काम गरकानुनी भएको बताएकी हुन् ।
सभामुखको हैसियतले काम गर्नुपर्ने ठाउँमा उनले माओवादीको कार्यकर्ता भएर कार्य गरेको उनको निश्कर्ष रहेको छ ।
एमाले सभामुख अग्निप्रसाद सापकोटाप्रति पनि आक्रोशित छ। तत्कालीन वरिष्ठ नेता माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेर पत्र बुझाउँदा पनि सभामुखले सूचना जारी नगरेको एमाले आरोप छ ।