काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कारबाही गरेका एमालेका १४ सांसदहरु संसद बैठकमा उपस्थित भए संसद चल्न नदिने चेतावनी दिएका छन् ।
बुधबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष केपी ओलीले यस्तो बताएका हुन् ।
एमालेले यसअघि माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको थियो । तर सभामुख अग्निप्रसाद सापकोटाले भने उनीहरुलाई कारबाही गर्नु अनावश्यक भएको भन्दै कारबाहीको सूचना टाँस्न अटेर गरेका थिए ।
संसद बैठक अपराह्न ४ बजे बस्ने भएको छ । आजको संसद बैठकमा एमाले खरो रुपमा उत्रने तयारी गरेको छ ।