संसद सचिवालयले आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ ।
संघीय संसदको नवौँ अधिवेशनको कार्यसूची अनुसार राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढ्ने, गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८’ पेस गर्नेदेखि शोक प्रस्ताव पारित गर्नेसम्मका छन् ।
सरकारको सिफारिसमा शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसोका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेकी थिइन् ।