काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन् ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार आज दिउँसो २ बजे १० जनालाई मन्त्रीमा नियुक्त कार्यक्रम रहेको छ ।
स्रोतका अनुसार, रचना खड्का, प्रदीप कटुवाल, शान्तिप्रसाद पौडेल, चन्द्र लामा, जीवन खड्का, अजय क्रान्ति शाक्य, विजय सुवेदी, जुनेली माया श्रेष्ठ, सरस्वती वाटी र बद्री मैनालीको नाम चर्चामा रहेको छ ।
मुख्यमन्त्री शाक्य गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी हुन् । लामो समय एमालेमा माधवकुमार नेपालको पक्षमा रहँदै आएकी उनी प्रदेश सरकारको नेतृत्व गर्नुअघि एमालेमै रहने निर्णयमा पुगेकी थिइन् ।
प्रदेश सरकारको नेतृत्व गरेको एक सातामै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् । नेकपा एमाले विभाजनपछि शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।