काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ ।
अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक सुरू भएको हो ।
प्रतिनिधिसभाको बैठकमा एजेन्डा तय गर्नका लागि यसअघि नै नेपाली काँग्रेस र नेकपा एमालेले संसदीय दलको बैठक सम्पन्न गरिसकेको छ ।
आजको बैठकमा प्रतिपक्षी दल एमाले खरो रुपमा उत्रने संकेत गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले कारबाहीमा परेका सांसद संसद बैठकमा आए बैठक अवरुद्ध पार्ने चेतावनी दिईसकेका छन् ।