काठमाडौँ । संसद बैठक बस्नुअघि सिंहदरबारमा सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बस्ने एक नेताले जानकारी दिए ।
सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।
संसद बैठक ४ बजे बस्दैछ । संसद बैठकबस्नु अघि सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । बैठक केहीबेरमा बस्नेछ ।
यता एमालेले भने संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिइसकेको छ ।