बागमतीमा यी मन्त्रीले लिएर पद तथा गोपनियताको शपथ [सूचीसहित]-Sutra News

बागमतीमा यी मन्त्रीले लिएर पद तथा गोपनियताको शपथ [सूचीसहित]

बुधबार, २३ भाद्र २०७८

बुधबार, २३ भाद्र २०७८

बागमती प्रदेशमा नवनियुक्त मन्त्रीले शपथ लिएका छन् ।



मन्त्रीमा नियुक्त भएका १२ मन्त्रीहरुले आज सपथ लिएका हुन् । शपथ लिनेमा आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्का, आन्तरिक मामिला तथ्या कानुन मन्त्री अजय क्रान्ती शाक्य, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री शान्तिप्रसाद पौडेल, सामाजिक विकासमन्त्री विवेक सुवेदी, स्वास्थ्यमन्त्री प्रदीप कटुवाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्र लामा रहेका छन् ।

त्यस्तै राज्यमन्त्री जीवन खड्का, बद्री मैनाली, सरस्वती बाटी, जुनेली श्रेष्ठले पनि शपथ लिएका छन् । 

मुख्यमन्त्री शाक्य गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी हुन् । लामो समय एमालेमा माधवकुमार नेपालको पक्षमा रहँदै आएकी उनी प्रदेश सरकारको नेतृत्व गर्नुअघि एमालेमै रहने निर्णयमा पुगेकी थिइन् ।

प्रदेश सरकारको नेतृत्व गरेको एक सातामै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् । नेकपा एमाले विभाजनपछि शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट