नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।
पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।
अवरुद्ध गरेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
बैठकमा एमालेका तर्फबाट बोल्दै सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटा दल विभाजनको मतियार बनेको आरोप लगाएका थिए । बैठकमा भट्टराईले बोल्नेबित्तिकै एमालेका सांसदहरुले नाराबाजीसहित अवरुद्ध गरेका थिए ।