एमालेले संसद अवरुद्ध गरेपछि सभामुख आक्रोशित, दिए यस्तो चेतावनी-Sutra News

एमालेले संसद अवरुद्ध गरेपछि सभामुख आक्रोशित, दिए यस्तो चेतावनी

बुधबार, २३ भाद्र २०७८

बुधबार, २३ भाद्र २०७८

सभामुख अग्नि सापकोटाले देशमा संविधान र कानून रहेको भन्दै मर्यादावाहिर गए कारवाही गर्ने चेतावनी दिएका छन् ।



चेतावनी दिँदै सापकोटाले प्रतिनिधि सभा नियमावलीको नियम २१ को खण्ड (ख), (ग) र (घ) सम्बन्धमा पनि एमाले सांसदहरूको ध्यानाकर्षण गराएका छन् ।

नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको थियो ।

पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो । 

अवरुद्ध गरेपछि सभामुख सापकोटाले कारबाही गर्ने चेतावनी दिँदै बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट