सभामुखलाई एमालेले सोध्यो- दल विभाजनको मतियार किन बनेको हो ?-Sutra News

सभामुखलाई एमालेले सोध्यो- दल विभाजनको मतियार किन बनेको हो ?

बुधबार, २३ भाद्र २०७८

बुधबार, २३ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटा दल विभाजनको मतियार बनेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सभामुखलाई यस्तो आरोप लगाएका हुन् ।



सापकोटाले एमालेका १४ सांसदहरुलाई कारबाही नगरेको भन्दै एमालेले संसद बैठक अवरुद्ध गरेको छ । बैठक अवरुद्ध भएपछि १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक भट्टराईले भने, “तपाईं एमाले विभाजनको सारथी किन बन्नुभयो? किन सहयोगी बन्नुभयो? दल विभाजनका लागि किन मतियार बन्नुभयो भन्ने प्रश्न यो सम्मानित संसद समक्ष उठाउन चाहन्छौं।”  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट