काठमाडौँ । नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बुधबारको बैठक स्थगित भएको छ ।
राष्ट्रियसभाको बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएका कारण यो विषयमा निरुपरण नहुने बेलासम्म बैठक चल्न नदिने बताएका थिए ।
बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।