सभामुख अग्निप्रसाद सापकोटाले आफूले संविधानसम्मत कामहरु मात्र गरेको भन्दै सदन चलाउन सहयोग गर्नका लागि एमालेका सांसदहरुलाई आग्रह गरेका छन् ।
एमालेले लगातार संसद अवरुद्ध गर्दै आएपछि उनले यस्तो अनुरोध गरेका हुन् ।
एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसद अवरुद्ध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । तर फेरी १५ मिनेटपछि सुरु भएको बैठकमा एमालेले आफ्नो अवरोध कार्यक्रम नरोकेपछि सभामुखले आफूले संसद चलाउन पाउनुपर्ने बताएका थिए ।