गृह मन्त्रालयले जारी गरेको वक्तव्यविरुद्ध सर्वोच्च अदालतमा रिट-Sutra News

गृह मन्त्रालयले जारी गरेको वक्तव्यविरुद्ध सर्वोच्च अदालतमा रिट

बुधबार, २३ भाद्र २०७८

बुधबार, २३ भाद्र २०७८

काठमाडौँ । एमसीसीका विषयमा नबोल्न गृह मन्त्रालयले जारी गरेको वक्तव्यविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।



बुधबार अधिवक्ता प्रवेश केसीले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नेगरि सरकारले विज्ञप्ति जारी गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

रिटमा गुण र दोषका आधारमा सचेततापूर्वक विचार निर्माण गर्ने नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गरिएको छ ।

केहीदिन अगाडी गृहमन्त्रालयले एमसीसीको सम्बन्धमा नबोल्न भन्दै एउटा विज्ञप्ति नै जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट