एमालेले संसद् अवरुद्ध गरेपछि कसले के भने ?-Sutra News

एमालेले संसद् अवरुद्ध गरेपछि कसले के भने ?

बुधबार, २३ भाद्र २०७८

बुधबार, २३ भाद्र २०७८

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्ना १४ सांसद्माथिको कारबाहीको माग गर्नुको कुनै अर्थ नरहेको बताएका छन् ।



संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष नेपालले सर्वोच्चले नै कुनै ह्वीप नलाग्ने निर्णय गरेको अवस्थामा एमालेले गरेको कारबाही मागको कुनै अर्थ नरहेको बताएका हुन् ।

बुधबार कारबाही सिफारिस गरिएका आफ्ना १४ सांसद्लाई सभामुखले निष्काशन नगरेको र पार्टीले कारबाही गरेको व्यक्ति संसद्मा उपस्थित भएको भन्दै एमालेले सदन अवरुद्ध गरेको थियो । अध्यक्ष नेपालले एमालेले संविधान र कानुन मिचेको बताए ।

madhav nepal.PNG

त्यस्तै एकीकृत समाजवादीका नेतृ रामकुमारी झाँक्रीले एमाले संसद्मा स्तरहिन चरित्र देखाएको टिप्प्णी गरिन् । यता एमाले सांसद् खगराज अधिकारीले नियम, कानुन र लोकतान्त्रिक व्यवस्था बिपरीत सभामुखले काम गरेकाले सदन अवरुद्ध गरेको र माग पुरा नभएसम्म सदन चल्न नसक्ने बताए ।

त्यस्तै माओवादी सांसद् वर्षमान पुनले एमालेले संंसदीय मर्यादा बिपरीत सदन अवरुद्ध गरेको बताए । उनले आचरणसँगसम्बन्धीत बाहेक अन्य विषयमा सभामुखको विषयमा प्रश्न उठाउन नपाइने व्यस्था हुँदा एमालेले त्यसलाई स्वीकार गर्न नसकेको बताए ।

उनले सदनमा भएको बेठिक घटनालाई सच्चाउनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट