को हुन् अफगानिस्तानका नयाँ प्रधानमन्त्री मुल्लाह अखुन्द ?-Sutra News

को हुन् अफगानिस्तानका नयाँ प्रधानमन्त्री मुल्लाह अखुन्द ?

बुधबार, २३ भाद्र २०७८

बुधबार, २३ भाद्र २०७८

काबुल- काबुल कब्जा गरेको तीन सातापछि तालिबानले मुल्लाह मोहमद हसन अखुन्दलाई अन्तरिम सरकारका प्रधानमन्त्री घोषणा गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि तालिबान समूहभित्र उनी को हुन भन्ने बारेमा चासो बढेको छ ।



मुल्लाह अखुन्द तालिबानको निर्णय गर्ने निकाय रहबारी शुरा अर्थात नेतृत्व परिषदका प्रमुख हुन् । २६ सदस्य रहेको रहबारी शुरालाई तालिबानको उच्चतम सल्लाहकार परिषद् तथा निर्णायक समूह मानिन्छ ।

अखुन्दलाइ राष्ट्रसंघले लामो समयदेखि प्रतिबन्ध लगाएको छ । सन् १९९६ देखि सन् २००१ मा तालिबान सत्तामा हुँदा अखुन्द एक पटक विदेशमन्त्री र अर्को पटक उपप्रधानमन्त्री भएका थिए ।

मुल्लाह अखुन्द लामो समयसम्म तालिवानका पूर्वप्रमुख मुल्लाह मोहमद ओमारको निकट भएर काम गरेका थिए । तालिबानको गढ मानिने कन्दाहरमा जन्मिएका अखुन्दलाई ओमारको विश्वासपात्र भएको भएको उनीमाथि राष्ट्रसंघले लगाएको प्रतिबन्धमा उल्लेख छ  । 

अखुन्द तालिबान आन्दोलनमा सम्मानित नेता हुन् । उनलाई तालिबानका प्रमुख नेता हिबतुल्लाह अखुन्जादाले समेत सम्मान गर्छन् । तालिबानको नेतृत्व संरचनामा हिबतुल्लाह शीर्ष स्थानमा छन् । उनी धार्मिक तथा सैन्य मामिलाका प्रमुख हुन् । 

अन्दाजी ६५ वर्षका अखुन्द धार्मिक भन्दा पनि राजनीतिक मामिलामा बढी जानाकार मानिन्छन् । तालिबानको सैन्य रणनीतिमा पनि उनको दबदबा छ ।  आधुनिक अफगानिस्तानका संस्थापक अहमद साह दुरानीको पुर्खासँग अखुन्दा जोडिएका छन् ।   

अखुन्द तालिबानको निर्णय गर्ने निकाय रहबारी शुरामा महत्वपूर्ण भूमिकामा छन् । सन् २००१ मा अमेरिकी नेतृत्वको विदेशी फौजले तालिवान सत्ता अपदस्थ गरेपछि शुरा स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट