जेलमा आगलागी हुँदा ४१ को मृत्यु-Sutra News

जेलमा आगलागी हुँदा ४१ को मृत्यु

बुधबार, २३ भाद्र २०७८

बुधबार, २३ भाद्र २०७८

जाकार्ता- इन्डोनेसियाको राजधानी जाकार्तानजिकै रहेको एउटा जेलमा भएको आगलागीमा परी कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको छ । यस आगलागीमा परी अन्य ८० जना घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।



घाइते सबैलाई अस्पताल लगिएको र ती मध्ये आठ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । स्थानीय समयअनुसार बिहान २:२० बजे आगलागी भएको थियो र बिहान ३:३० बजे आगो निभाइएको थियो ।

बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको जाकार्ता प्रहरी प्रवक्ता युस्री युनुसले जानकारी दिए ।

इन्डोनेसियाको कानून र मानव अधिकार मन्त्रालयका जेल विभागकी प्रवक्ता रिका अप्रियन्तीले भने ४० कैदी राख्नको लागी डिजाइन गरिएको भीडभाडमा १२२ जना बसिरहेका बताएका छन् ।

प्रभावित ब्लकमा थुनामा रहेका कैदीहरुमध्ये धेरै लागुऔषधमा संलग्न रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट