काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले काठमाडौंमा भेटघाट सुरु गरेकी छन् । उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् ।
बुधबारमात्रै एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले एमसिसी पारित गर्ने जिम्मा आफूहरूको नभएको बताएका थिए। ओली सरकार हुँदा एमसिसी संसदमा पेश भएको थियो।
नेपालका राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्न काठमाडौं आइपुगेकी हुन्। उनले सत्तारूढ दलका नेताहरूलाई पनि भेट्ने कार्यक्रम छ।
उनको नेपाल भ्रमण चार दिनको हुनेछ ।