बिहान उठ्नेवित्तिकै के गर्ने ?-Sutra News

बिहान उठ्नेवित्तिकै के गर्ने ?

शुक्रबार, २५ भाद्र २०७८

शुक्रबार, २५ भाद्र २०७८

हामी हरेक दिन निदाउँछौं । बिछ्यौनामा पल्टिन्छौ र बिहानी पख उठ्छौँ । विशेषत: विहान जब तपाईंको आँखा खुल्छ, तब के गर्नु हुन्छ त ? प्रत्‍येक बिहान उठ्दा भुलेर पनि यी काम नगर्न नगर्नुहोस् ।



के नगर्ने, गर्ने के ? 

१.बिहान ढिलासम्‍म नसुत्नुस् । ब्रम्हमू्र्तको समयमा उठ्नुस् । सूर्य उदाउनु अगाडि उठ्नु अत्याधिक राम्रो हुन्छ ।

२.बिहान उठ्ने बित्तिकै बादविवाद गर्ने काम नगर्नुस् । मोबाइलबाट कुरा नगर्नुस् । त्‍यही अनुसार तपाईँको दिनको सुरुवात हुन्छ ।

३.बिहान बिहान कसैमाथि रिस नदेखाउनुस् । कसैले काम बिगारेको छ भने नम्र भएररसकारात्मक भएर सम्झाउने गर्नुस् ।अपशब्द बोल्दै नबोल्नुस् ।

४.बिहान बिछ्यौनामै पल्टेर टीभी हेर्ने बानी छ । अझ आजकाल त मोबाइल हेर्ने बानी चलेको छ । एउटा आँखालाई पनि घाटा छ भने बिहानै सामाजिक सञ्‍जाल वा च्‍यानलहरुले नेगेटिभ प्रभावहरु पारिरहेको हुन्छ । हत्‍या,हिंसा, बलात्कार वा अन्‍य जघन्‍य अपराधका समाचारले दिनको खराब सुरुवात हुन जान्छ । मोबाइल र टेलिभिजनमा बिहानै खराब सन्देश र समाचार नसुन्‍नुस् ।

५.बिहान उठ्ने बित्तिकै ऐना नहेर्नु होला । धेरैको प्राय यही बानी छ । यसले तपाइको शरीरमा धेरै मात्रामा नेगेटिभ ऊर्जा, रोगको सम्भावना र भयको सम्भावना बढी शरीरमा उत्पन्‍न गराउँछ । बरु अफिस जाने समयमा वा फ्रेस भएर ऐना हेर्दा उपर्युक्त हुन्छ ।

६.बिहान उठ्ने बित्तिकै घरको छत, बार्दलीमा गएर आफ्नो कमलो छाया वा अरु व्‍यक्तिको पनि हेर्दै नहेर्नुस् । छायाँ हेर्नाले पनि ऊर्जा नेगेटिभ बनाइदिन्छ तपाइको शरीरमा ।

७.जनावरहरुको तस्बिररफोटो रुममा राख्नु भएको छ भने कृपया हेरेर बस्ने काम नगर्नुस् । शास्त्रीय ढंगले जनावरहरुको तस्बिर हेर्न उचित मानिएको छैन बिहान बिहान ।

८.दूध हालेको चिया खाँदै नखानुस् । यसले ग्‍यास्ट्रिक, ग्यास्ट्रिकले अल्सर अलसरले क्‍यान्सर हुन सक्छ । आजकाल त अझ बेड टी अर्थात ओछ्याउनमै चिया खाने धेरैको बानी हुन्छ । यो काम बन्द गर्नुस् । बरु बिहान मनतातो पानी खानुस् ।

९.मसलेदार खाना नखानुस् । खैनी चुरोट र चिया खाँदै हुनुहुन्छ भने यी कामहरु प्रयोगमा ल्‍याउँदै नल्याउनुस् । तपाईं जे खानुहुन्छ, त्‍यस्तै बन्दै जानुहुन्छ ।

१०. बिहान कालो चिया पिउनुस् वा तुलसीको पातको चिया । चिया चिनीको सट्टामा सख्खर प्रयोग गर्नुस् । नभए नगर्दा नि उत्तम हुन्छ । सांकेतिक तस्बिर । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट