अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ रिलिज हुने कहिले ?-Sutra News

अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ रिलिज हुने कहिले ?

शुक्रबार, २५ भाद्र २०७८

शुक्रबार, २५ भाद्र २०७८

काठमाडौं- अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ अब २५ चैतमा रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले सो घोषणा गरेका हुन् ।



यसअघि १८ भदौमै चलचित्र रिलिज हुने घोषणा गरिएको थियो । तर, कोरोना महामारीका कारण सो मितिमा रिलिज गर्न नसकेको थापाले बताएका छन् । झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ४’ को सिरिज चलचित्र हो ।

सरकारले सिनेमा हल खोल्न अनुमति दिइसकेको छ । तर, निर्माताहरू सिनेमा रिलिज गर्न डराइरहेका छन् । सरकारले सिनेमा खोल्न एक साताअघि नै निर्णय गरे पनि अहिलेसम्म सिनेमा हल खुला भएका छैनन् । कोरोना कहर कम हुँदै गएपछि चैतमा आफ्नो नयाँ चलचित्र रिलिज गर्ने थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट