काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमसीसी उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज बिहान प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको हो ।
भेटमा अध्यक्षले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने वताए । उनले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको बताए ।
भेटमा उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताएकी छन् । यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउनुहुँदै सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको उनको धारणा थियो ।