कुलमानको नियुक्ति बदर गर्ने या नगर्ने जिम्मा प्रधानन्यायाधीशको हातमा-Sutra News

कुलमानको नियुक्ति बदर गर्ने या नगर्ने जिम्मा प्रधानन्यायाधीशको हातमा

शुक्रबार, २५ भाद्र २०७८

शुक्रबार, २५ भाद्र २०७८

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको सुनुवाइ आज हुने भएको छ ।



उक्त रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा हुने अदालत स्रोतले जनाएको छ ।

भदौ ८ गते प्रधानन्यायाधीशकै इजलासमा भएको सुनुवाइमा कुलमानलाई नियुक्ति गर्दाको मिसिल झिकाउने आदेश गरेको थियो ।

शाक्यले साउन ३२ गते नियुक्तिको निर्णय बदर हुनुपर्ने मागसहित अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए। 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट