देउवालाई बल्ल मन्त्रिपरिषद विस्तारको चासो- गठबन्धनका नेताहरुसँग मागे मन्त्रीको नाम-Sutra News

देउवालाई बल्ल मन्त्रिपरिषद विस्तारको चासो- गठबन्धनका नेताहरुसँग मागे मन्त्रीको नाम

शुक्रबार, २५ भाद्र २०७८

शुक्रबार, २५ भाद्र २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न ढिलाई भएको भन्दै सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरूको नाम माग गरेका छन् । शुक्रबार देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उनले मन्त्रीहरुको नाम मागेका हुन् ।



आजको बैठकमा एमसीसीबारे पनि छिटो निर्णय गरेर निश्कर्षमा पुग्ने विषयमा छलफल भएको एक नेताले सूत्रन्यूजलाई जानकारी दिए ।

आजको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट पौडेलको सहभागी थिए । थप छलफलका लागि आवश्यक समय नपुगेको भन्दै बेलुका फेरी बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट