काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टी निर्वाचनलाई राम्रो ढंगबाट सम्पन्न गराउन ध्यानाकर्षण गराएका छन् । उनीहरुले देउवालाई महाधिवेशनमा प्रहरी प्रशासनको दुरुपयोग गर्न नहुनेमा जोड दिएका छन् ।
भेटवार्तामा महामन्त्री डा. शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह के.सी, डा मिनेन्द्र रिजाल र जीवन परियारलगायतका नेताहरु उपस्थित रहेका थिए ।
‘पार्टीका कृयाशील सदस्यहरुको छानविन निश्पक्ष र पारदर्शी ढंगले सम्पन्न होस् र पार्टीको महाधिवेशनमा राज्यको पुलिस र प्रशासनको दुरुप्रयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौं ।’ पौडेलले समाजिक सन्जालमा लेखेका छन् ।