काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ ।
उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा पेसी तोकिएको थियो । तर रिट निवेदककै कानून व्यवसायीको निवेदनमा सुनवाइ स्थगित भएको छ ।
भदौ ८ गते प्रधानन्यायाधीशकै इजलासमा भएको सुनुवाइमा कुलमानलाई नियुक्ति गर्दाको मिसिल झिकाउने आदेश गरेको थियो ।
शाक्यले साउन ३२ गते नियुक्तिको निर्णय बदर हुनुपर्ने मागसहित अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए।