काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै संसदमा नाराबाजी सुरु भएको छ । सभामुखको भूमिकाप्रति प्रश्न उठाउँदै नेकपा एमालेले आज पनि संसद अवरुद्ध गरेको छ ।
उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ जस्ता नारा लगाएका छन् । सभामुखले सदन संचालन गर्न सकेका छैनन् ।
गत बुधबार बसेको संसद बैठकमा पनि एमालेका नेताहरुले अवरोध गरेपछि बैठक आजका लागि सारिएको थियो ।
एमाले सांसदले नाराबाजी शुरू गरेपछि सभामुख सापकोटाले एमालेले उठाएको प्रश्नको जवाफ दिइसकेकोले बैठक सुचारु गर्न आग्रह गरेका थिए ।