एमालेले संसद चल्न नदिएपछि सभामुखले स्मरण गराएको संविधानको यो धारा-Sutra News

एमालेले संसद चल्न नदिएपछि सभामुखले स्मरण गराएको संविधानको यो धारा

शुक्रबार, २५ भाद्र २०७८

शुक्रबार, २५ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेले शुक्रबारको संसद बैठक पनि चल्न नदिएपछि सभामुख अग्निप्रसाद सापकोटाले संविधानको धारा १ सय ५ को स्मरण गराएका छन् । उनले एमालेका सांसदहरुलाई प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ खण्ड ख, ग र घ को नियम पालना गर्न पनि आग्रह गरेका छन् । 



प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै संसदमा नाराबाजी सुरु भएपछि संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।  सभामुखको भूमिकाप्रति प्रश्न उठाउँदै नेकपा एमालेले आज पनि संसद अवरुद्ध गरेका थिए ।  

उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ जस्ता नारा लगाएका छन् । सभामुखले सदन संचालन गर्न सकेका छैनन् ।

एमाले सांसदले नाराबाजी शुरू गरेपछि सभामुख सापकोटाले एमालेले उठाएको प्रश्नको जवाफ दिइसकेकोले बैठक सुचारु गर्न आग्रह गरेका थिए । 

गत बुधबार बसेको संसद बैठकमा पनि एमालेका नेताहरुले अवरोध गरेपछि बैठक आजका लागि सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट