देउवाको गृहजिल्लामा वडा अधिवेशनपछि किन आक्रोशित भए पौडेल ?-Sutra News

देउवाको गृहजिल्लामा वडा अधिवेशनपछि किन आक्रोशित भए पौडेल ?

शुक्रबार, २५ भाद्र २०७८

शुक्रबार, २५ भाद्र २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसको वडा अधिवेशन गराएकोमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । उनले पार्टी इतिहासमै आन्तरिक निर्वाचनमा शक्ति र सत्ताको दुरुपयोग भएको भन्दै लोकतन्त्रकै उपहास भएको टिप्पणी गरेका छन् । 



‘पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र (तर व्यवहार अलोकतान्त्रिक),’ पौडेलले भने, ‘नेपाली कांग्रेस पार्टीको इतिहासमै आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ । महाधिवेशनको लागि यो शुभसंकेत होइन ।’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट