संसदमा अर्थमन्त्रीलाई प्रश्न- अर्थमन्त्रीको फोनले सेयर मूल्य बढ्ने हो ?-Sutra News

संसदमा अर्थमन्त्रीलाई प्रश्न- अर्थमन्त्रीको फोनले सेयर मूल्य बढ्ने हो ?

शुक्रबार, २५ भाद्र २०७८

शुक्रबार, २५ भाद्र २०७८

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारलाई प्रभावित पार्ने गरी गतिविधि बढाएको भन्दै संसदमा शर्माको भूमिकामाथि प्रश्न उठेको छ ।



शुक्रबारको प्रतिनिधिसभाको बैठकमा सांसद प्रेम सुवालले सो विषयमा प्रश्न उठाएका हुन् । ‘अर्थमन्त्रीज्यूले अस्ती ३७ लाख सेयर कारोबार गर्ने मान्छे, फाइदा लिने सयजना भन्नु भयो । अर्थमन्त्रीज्यूले गभर्नरज्यूलाई फोन गरेपछि सेयर भाउ बढ्यो ।’

सुवालले अर्थमन्त्रीले कसैको स्वार्थका निम्ती गभर्नरलाई फोन गरेर शेयर कारोबारमा प्रभावित हुने गरी निर्देशन दिएको उल्लेख गरे । उनले भने, ‘अर्थमन्त्रीले कसको स्वार्थको निम्ति गभर्नरलाई फोन गर्नुभयो ?’  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट