काठमाडौँ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेको अवरोधका बीच तीनवटा अध्यादेश पारित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी चलिरहेको समयमा अर्थमन्त्री जनार्दन शर्मा रोस्ट्रममा पुगेर आर्थिक अध्यादेश पेश गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीलाई रोष्ट्रममा निम्तो दिएसंगी मन्त्री जनार्दन शर्मा आफू बसेको ठाउँबाट दगुर्दै रोष्ट्रममा पुगेका थिए ।
उनी रोस्टममा जान लाग्दा एमालेका सांसदहरुले उनलाई रोक्न खोजेका थिए । एमालेका सांसदहरुले उनलाई अवरोध गर्न खोजेपछि सांसदहरु र मर्यादापालकबीच घम्साघम्सी भएको थियो ।
उनीहरुबीच घम्साघम्सी हुँदा सत्तापक्षको टेबल भाँचिएको छ ।
एमाले सांसदहरूको नाराबाजी भइरहँदा यी विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेका थिए ।