काठमाडौँ । संसद् बैठकमा अवरोध सृजना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसदहरूलाई संविधानको धारा १०५ बारम्बार स्मरण गराएका छन् ।
यसअघि भदौ २३ गते बसेको बैठकमा पनि सभामुखले एमाले सांसदहरुलाई यही धारा सम्झाएका थिए ।
नेपालको संविधानको धारा १०५ मा लेखिएको छ-“नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तगा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन । तर, महाभियोगको प्रस्तावमा छलफल गर्दा न्यायाधीशको आचरणको सम्बन्धमा कुनै कुरा व्यक्त गर्न यस धाराले बाधा पु-याएको मानिने छैन ।”
शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसदका अवरोधबीच सभामुखले बैठक अगाडी बढाएका थिए ।