एमाले स्थायी कमिटी बैठक आइतवार, संसद अवरुद्ध गर्न थप रणनीति तय गरिने-Sutra News

एमाले स्थायी कमिटी बैठक आइतवार, संसद अवरुद्ध गर्न थप रणनीति तय गरिने

शुक्रबार, २५ भाद्र २०७८

शुक्रबार, २५ भाद्र २०७८

प्रतिनिधि सभाको नवौं अधिवेशनलाई निरन्तर अवरोध गर्ने प्रयास गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आइतवारलाई सरेको छ ।



एमाले केन्द्रीय कार्यालयले संसदमा निरन्तर अवरोध पुर्याउन खोज्दा पनि सभामुखले अटेरी गरेर बैठक संचालन गरिरहेको निष्कर्षका साथ थप रणनीति तय गर्न आइतवारलाई बैठक सारिएको जानकारी दिएको हो ।

आज शुक्रवार अपराह्न ४ बजेका लागि बैठक डाकिएको थियो । आजको बैठक स्थगित गरेर आइतवारका लागि सारिएको हो ।

आइतवारको बैठकमा संसदमा अझ बढी प्रभावकारी ढंगले कसरी अवरोध पुर्याउने भन्ने विषयमा छलफल हुनेछ ।

संसदको नवौं अधिवेशन शुरू भएयता एमालेले पटक-पटक संसदीय कारवाही अवरुद्ध गर्ने क्रियाकलाप गरेको छ । तर सभामुखले एमालेको अवरोधका बीच पनि सदन संचालन गरिरहेका छन् । एमालेले भने सभामुखलाई आफ्नो पार्टी फुटाएको भन्दै आरोप लगाउने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट