काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा भद्रगोल वातावरण सिर्जना भएको छ । नेकपा एमालेका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै बैठक अवरुद्ध पार्न खोजेपछि बैठक भद्रगोल भएको हो ।
त्यस्तै प्रतिनिधि सभाको बैठकमा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी भएको थियो । आर्थिकसम्बन्धी विभिन्न अध्यादेश प्रस्तुत गर्न अर्थमन्त्री जनार्दन शर्मालाई सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी परेको हो ।
अर्थमन्त्री शर्मालाई अध्यादेश प्रस्तुत गर्नबाट रोक्न एमाले सांसद रोस्ट्रममा उक्लिन थालेपछि मर्यादापालक रोक्न खोज्दा दुवै पक्षबीच धकेलाधकेल भएको थियो ।
यता एमाले सांसदबाट बच्नका लागि अर्थमन्त्री दगुर्दै रोष्टममा पुगेका थिए । उनलाई रोक्न खोज्दा सत्तापक्षको टेबल भाँचिएको थियो ।