आलमको मुद्दामा राजनीतिक चलखेलको गन्ध- १२ पेसी र नौ इजलास  हुँदा पनि हेरेन सर्वोच्चले-Sutra News

आलमको मुद्दामा राजनीतिक चलखेलको गन्ध- १२ पेसी र नौ इजलास  हुँदा पनि हेरेन सर्वोच्चले

शुक्रबार, २५ भाद्र २०७८

शुक्रबार, २५ भाद्र २०७८

१४ वर्षअघि रौतहटको फरहदवामा जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेर हत्या गरेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताव आलम पुर्पक्षका लागि काठमाडौंको नख्खु जेलमा छन् । 
आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो । 
त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगे । कांग्रेसका नेतासमेत रहेका आलमको मुद्दा अहिले राजनीतिक दाउपेचका कार सेटिंगण सुनुवाइमा जटिलता देखिएको छ । सर्वोच्चमा आलामले छुटकाराका लागि दिएको निवेदन दर्ता भएदेखि हालसम्म सुनुवाइ हुन सकेको छैन । 



निरन्तर पेसी, निरन्तर स्थगित 

आलमको मुद्दा शुक्रबार सर्वोच्च अदालतले हेर्न नभ्याउने सूचीमा राखेको छ । उनको मुद्दा सुनुवाइ स्थगित र हेर्न नभ्याउने सूचीको शृंखला १९ मंसिर ०७७ देखि चल्दै आएको छ ।
१९ मंसिरमा न्यायाधीश मीरा खड्का र कुमार रेग्मीको इजलासमा सुनवाइका लागि पेसीमा परेको यो मुद्दा आलम पक्षका कानुन व्यवसायीले स्थगित गरे । त्यसपछि १० पुस ०७७ मा न्यायाधीश टंकबहादुर मोक्तान र सुष्मालता माथेमाको इजलासमा पेसी तोकियो । सो दिन महान्यायाधिवक्ता कार्यालयबाट स्थगित गरियो । 

१२ वटा पेसी, नौ इजलास 

१२ असोज ०७७ मा सर्वोच्चमा दर्ता भएको आलमको मुद्दामा १२ पटक पेसी तोकिएको छ । यसबीचमा नौवटा इजलास गठन भएको छ । जसमध्ये ६ पटक स्थगित सूचीमा, दुईपटक हेर्न नभ्याइने र एकपटक हेर्न नमिल्ने सूचीमा छ । आलम मुद्दा पक्षका कानुन व्यवसायीले दुईपटक, विपक्षीको कानुन व्यवसायीबाट दुईपटक र महान्यायाधिवक्ता कार्यालयबाट एकपटक स्थगित गराइएको छ । त्यस्तै एकपटक दुवै पक्षको तर्फबाट स्थगित गराइएको छ ।
शुक्रबार न्यायाधीश दीपककुमार कार्की र हरि फुयाँलको इजलासमा तोकिएको सो मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ । यसअघि ११ भदौ ०७८ मा न्यायाधीश प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढंगानाको इजलासमा तोकिएको पेसी विपक्षी कानुन व्यवसायीबाट स्थगित गराइएको थियो । न्यूजकारखाना 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट