काठमाडौँ । नेकपा एमालेकी सांसद रेखा झाले आज सभामुख अग्निप्रसाद सापकोटाको टाउको फुटाउने योजना भएको बताएकी छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । ‘आज टाउको नै फुटाउँथेँ सभामुखलाई हान्न माइक तानेको । संसद्को मर्यादा छ नि । विरोध भइरहेको छ । हामी नारा लगाइरहेका छौँ बैठक चलाउने ?’ उनले भनिन् ।
उनले आज मौका नमिलेको तर मौका मिल्नेबित्तिकै हान्ने बताएकी छन् । उनले भनिन्, अहिले हानेको छैन मौका मिल्यो भने हान्छौँ ।’
आज प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमालेले संसद बैठक अवरुद्ध पार्न खोजेको थियो । एमालेले अवरुद्ध पार्न खोजेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेर सुचारु गरेका थिए ।