काठमाडौं- नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहमा नयाँ विज्ञापन खोलेको छ ।
प्रहरीले ७ वटा प्राविधिक समूहअन्तर्गत विभिन्न पदमा २ सय २१ जनाको लागि शुक्रबार नयाँ विज्ञापन खोलेको हो । विज्ञापनअनुसार सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जना माग गरिएको छ ।
त्यसपछि सूचना प्रविधिअन्तर्गत ३ पदमा ६४ जना, सञ्चारअन्तर्गत ३ पदमा ३५ जना, विधिविज्ञान प्रयोगशालाअन्तर्गत १७ जनाको माग गरिएको छ ।
यस्तै भौतिक पूर्वाधारतर्फ ६ तथा केनाइन र हातहतियार मर्मतअन्तर्गत १/१ जना माग गरिएको छ ।
दरखास्त दिने मिति २७ भदौदेखि ७ कार्तिक तोकिएको छ ।
माग गरिएका पदहरू प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी नायव उपरीक्षक (डिएसपी) सम्म छन् । प्रहरी प्रधान कार्यालयले उक्त सूचना गोरखापत्रमा प्रकाशित गरेको छ ।