बिहानै भूकम्पको धक्का महसुस-Sutra News

बिहानै भूकम्पको धक्का महसुस

शनिबार, २६ भाद्र २०७८

शनिबार, २६ भाद्र २०७८

नयाँ दिल्ली- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यमा शनिबार बिहानै भूकम्प गएको छ ।



भारतीय नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार बिहान पौने ६ बजे उत्तराखण्डको जोशीमठ भन्ने स्थानमा ४.६ रेक्टरको भूकम्प गएको हो । भूकम्पको केन्द्र जमिनभन्दा ५ किलोमिटर तल भएको जनाइएको छ ।

भूकम्पको झट्कापछि डरले स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पबाट कुनै क्षती भए नभएको बारे अहिलेसम्म कुनै सूचना बाहिर आएको छैन । 

भूकम्पको झट्का अल्मोडा, चमोली, पौडीलगायतका जिल्लामा महसुस भएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट